Harsamaya
लाइसेन्स अनिवार्य गर्ने तयारीपछि कर्मकाण्ड र ज्योतिष प्रशिक्षणमा चहलपहल
नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति।

काठमाडौं - नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पुराण वाचक, ज्योतिषी तथा कर्मकाण्ड गर्ने ब्राह्मणहरूको परीक्षा लिएर लाइसेन्स दिने तयारी गरेपछि प्रशिक्षण लिनेको संख्यामा उल्लेख्य वृद्धि भएको छ। समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलका अनुसार चैत महिनादेखि ६ महिने विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ।

प्रशिक्षणमा महिला, जनजाति, दलित र अपाङ्गहरूको सहभागिता पनि बढ्दो क्रममा रहेको छ। विशेष गरी कर्मकाण्ड प्रशिक्षणमा ब्राह्मण समुदायको चासो देखिए पनि अन्य समुदायको सहभागिता पनि उल्लेखनीय छ। ६ महिने प्रशिक्षणको शुल्क १५ हजार रुपैयाँ तोकिएको छ भने परीक्षा शुल्क समेत लाग्नेछ।

पुराण वाचनलाई व्यवस्थित गर्न वाल्मीकि विद्यापीठले यही चैतदेखि एक वर्षे प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।

लाइसेन्स व्यवस्था लागू भएपछि ज्योतिष तथा कर्मकाण्ड सेवामा नयाँ संरचना आउने अनुमान गरिएको छ।

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  ०६:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update