Harsamaya
डेढ महिनादेखि बेलायतमा बेपत्ता कमल भेटिए
लन्डनबाट बेपत्ता नेपाली विद्यार्थी कमल अधिकारी भेटिए ।

बेलायत - लन्डनबाट बेपत्ता नेपाली विद्यार्थी कमल अधिकारी डेढ महिनापछि नेपाली दूतावासको सम्पर्कमा आएका छन् । गत फेब्रुअरी २ देखि सम्पर्कविहीन २३ वर्षीय अधिकारी सकुशल फेला परेको लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिए ।  

इस्ट लन्डनस्थित एक होमलेस सेल्टरमा आश्रय लिएर बसिरहेको अवस्थामा कमलसँग सम्पर्क भएको उनले बताए । उनलाई नेपाल फर्काउने तयारी भइरहेको दुवाडीले जानकारी दिए । 

उनको शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहेको र पासपोर्ट बेलायतको होमअफिसमा रहेको दूतावासले जनाएको छ ।

लन्डनस्थित ‘युनिभर्सिटी अफ क्रियटिभ आर्टस’मा अध्ययनरत कमललाई घरबेटीले निकालिदिएपछि सडकमा पुग्नुपरेको थियो । त्यसपछि उनी लन्डनबाटै सम्पर्कविहीन भएपछि परिवारले खोजी गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएको थियो । 

धनुषाको हंसपुर–६ का अधिकारी सन् २०२२ मा अध्ययनका लागि बेलायत आएका थिए । 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update