गौरमा सांसद अमरेश सिंहको पुतला दहन

रौतहट - संघीय सांसद अमरेशकुमार सिंहको रौतहटको सदरमुकाम गौरमा पुतला दहन गरी प्रदर्शन भएको छ।
सांसद सिंहले शुक्रबार सदनमा मेयर शम्भु साहविरुद्ध गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको भन्दै उनको समर्थकसँगै गौर नगरपालिकाका पदाधिकारिहरूले नाराबाजी गर्दै विपी चोकमा पुतला दहन गरेका हुन् ।
गैर जिम्मेवारपूर्ण अभिव्यक्तिप्रति नगरको उपप्रमुख, नगरप्रवक्ता, बलाध्यक्षहरू, वडा सदस्य, तथा स्थानीयहरूले सांसद सिंह मुर्दावाद, भगौडा सांसद अभिव्यक्ति फिर्ता लिएर गौरवासीसँग माफी माग भनेर नारा लगाएका थिए।
प्रदर्शनकारीहरू ब्यानर, प्ले कार्ड बोकेर पुतला दहन गर्दै गौरबासीसँग सांसद सिंहले अविलम्ब माफी नमागेमा उनी विरुद्ध कानुनी कारवाहीको प्रक्रियामा जाने चेतावनी दिएका थिए ।
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१ १३:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय