सात महिनामा पाँच सय बिरामीको सफल उपचार
                            
                            
                                                        
                                                    
                                                            नेपालगन्ज - भेरी अस्पतालको क्याथ ल्याब सेवाले पश्चिम नेपालका मुटुरोगीहरूलाई नयाँ आशा दिएको छ। चालु आर्थिक वर्षको सात महिनामा अस्पतालको क्याथ ल्याब सेवाबाट ५०० जना मुटुका बिरामीहरूले उपचार प्राप्त गरेका छन्।
भेरी अस्पतालका मुटुरोग विशेषज्ञ डा. विकास नेपालले जानकारी दिँदै भने, `साउन महिनादेखि फागुन मध्यसम्म क्याथ ल्याब सेवाबाट पाँच सय बिरामीको सफल उपचार गरिएको छ।´ यस सेवाले पश्चिम नेपालका विभिन्न क्षेत्रका बिरामीहरूलाई उपचारका लागि भेरी अस्पतालमा आउने अवसर  प्रदान गरेको छ। क्याथ ल्याब सेवा मुटुरोगको उपचारलाई सहज र प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको डा. नेपालले बताए।
 
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १२:११
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
