Harsamaya
काठमाडौंका स्पा तथा मसाज सेन्टरमा प्रहरीको छापा, १४ जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि गरेको आरोपमा काठमाडौँका विभिन्न स्पा तथा मसाज सेन्टरबाट १४ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा रहेका स्पा तथा मसाज सेन्टरमा जाँच गर्दा गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा रामेछापको उमाकुण्ड गाउँपालिका–४ घर भई काठमाडौँको टोखा बस्ने २९ वर्षीया पार्वती श्रेष्ठ, नुवाकोटको किस्पाङ गाउँपालिका–५ घर भई तारकेश्वर बस्ने २६ वर्षीया सुभु गुरुङ र खोटाङको लिखुवा गाउँपालिका–२ घर भई नयाँ बसपार्क बस्ने २५ वर्षीया चन्द्र बस्नेत रहेका छन् ।

त्यस्तै, भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ घर भई काठमाडौँको नयाँबजार बस्ने ३० वर्षीया पार्वती खत्री, नवलपरासी घर भई काठमाडौँको असन बस्ने २० वर्षीया पूर्णिमा भोटे र काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ घर भई तारकेश्वर बस्ने २४ वर्षीया पविना खड्का पनि पक्राउ परेका छन् ।

यसैगरी, दोलखाको बैतेश्वर गाउँपालिका–७ घर भई सोह्रखुट्टे बस्ने ३१ वर्षीया अनु तामाङ, रामेछाप घर भई ललितपुरको भैँसेपाटी बस्ने २३ वर्षीया कविता मगर, रामेछापको मन्थली नगरपालिका–११ घर भई काठमाडौँको बौद्ध बस्ने २१ वर्षीया सविता बोहरा र झापाको कन्काई नगरपालिका–१ घर भई बौद्ध बस्ने ३३ वर्षीया अम्बिका कार्की पक्राउ परेका छन् ।

प्रहरीले नुवाकोटको विदुर नगरपालिका–६ घर भई चाबहिल बस्ने २१ वर्षीया शर्मिला गिरी, धादिङको गजुरी गाउँपालिका–५ घर भई टोखा बस्ने २० वर्षीया रोशनी भुजेल र ३० वर्षीया मिना भुजेललाई पनि नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा बङ्गलादेशका ३८ वर्षीय मसुद राना पनि रहेका छन् । उनी काठमाडौँको ठमेलमा बस्दै आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पक्राउ परेका १४ जनामाथि थप अनुसन्धान भइरहेको छ ।

प्रहरीले मंसिर १३ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हो ।

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update