Harsamaya
लागुऔषधसहित २७ जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँबाट दश, सुनसरीबाट सात , झापा र बाराबाट छ, इलामबाट एक तनहुँबाट दुई र दाङबाट एक जनालाई पक्राउ गरिएको हो ।  

अभियुक्तहरूबाट खैरो हेरोइन, गाँजा, ट्रामाडोल ट्याब्लेटलगायत प्रतिबन्धित पदार्थ बरामद भएको छ । केही अभियुक्तहरूबाट नगद पनि बरामद भएको जनाइएको छ । उनीहरू मङ्गलबार र बुधबार पक्राउ परेका हुन् । 

 

प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update