Harsamaya
ट्राफिक प्रहरीले गर्यो ९१० सवारी चालकलाई कारबाही
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९१० वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १००, सिसिटिभिमार्फत ४४, रातोबत्तीमा ३७ जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्रगतिमा ८२, हर्न निषेधमा २०, अवस्था ठिक नभएको ४४ र अन्यमा ५४४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३  ०७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update