Harsamaya
ट्राफिक प्रहरीले गर्यो ६३२ जनालाई कारबाही
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६१, सिसिटिभिमार्फत ४३, रातोबत्तीमा ३५ जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्रगतिमा ११४, हर्न निषेधमा ६, अवस्था ठिक नभएको २१ जना र अन्यमा ३४४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १, २०८३  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update