Harsamaya
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखा ।

काठमाडौं - हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ, देशका बाँकि हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ।

देशका तराइ भूभागमा मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षा भैरहेको छ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभाग तथा कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। 

कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ। 

आज राति देशको हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सुरकुहिरो लाग्नेछ । गण्डकी प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ। 

प्रकाशित मिति: सोमबार, कात्तिक २३, २०८३  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update