Harsamaya
झापाको चिया बगानबाट ५५७ किलो गाँजा बरामद
सांकेतिक तस्वीर: हर समय/Har Samaya

झापा - झापाको मेचीनगर नगरपालिका–५ सिर्जना चोकस्थित चिया बगानबाट ५५७ किलो अवैध गाँजा बरामद गरिएको छ ।

शुक्रबार बिहान करिब ७ः५० बजे स्थानीय टेकेन्द्र थापा (हाल विदेशमा) को व्यक्तिगत चिया बगानमा गाँजा लुकाइराखिएको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दा १३ पोका गाँजा फेला पारेको हो ।

बरामद गाँजाको प्लास्टिकसहित तौल ५६२ किलो ८०० ग्राम रहेको छ भने प्लास्टिक हटाउँदा ५५७ किलो रहेको प्रहरीले जनाएको छ ।

गाँजा बरामद गरी आवश्यक मुचुल्का तयार पारिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update