वनमा बेवारिसे अवस्थामा ८ थान अवैध भरुवा बन्दुक बरामद
सुर्खेत - सुर्खेतको बराहताल गाउँपालिका–७ स्थित पानीडाँडा सामुदायिक वनबाट बेवारिसे अवस्थामा ८ थान अवैध भरुवा बन्दुक बरामद गरिएको छ ।
बिहीबार दिउँसो करिब ४ बजे सामुदायिक वनमा भरुवा बन्दुक लुकाइछिपाइ राखिएको भन्ने सूचनाका आधारमा खोजतलास गर्ने क्रममा बन्दुकहरू फेला परेको हो ।
बरामद गरिएका ८ थान भरुवा बन्दुकमध्ये ५ थान साबुत अवस्थामा रहेका छन् भने ३ थान बेसाबुत अवस्थामा रहेका छन् ।
उक्त बन्दुक कसले र कुन प्रयोजनका लागि वन क्षेत्रमा लुकाएर राखेको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३ ११:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

