सुक्खा बन्दरगाह भन्सारमा राजस्व संकलन घट्यो
                            
                            
                                                        
                                                     
                                                            काठमाडौं - वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा १९ अर्ब ७८ करोड मात्र राजस्व संकलन गरेको छ । जुन वार्षिक लक्ष्यको ३२.९४ प्रतिशत हो।
भन्सार प्रमुख धनबहादुर बरुवालका अनुसार विदेशी सामानको आयात घटेपछि राजस्वमा कमी आएको हो। पाँच महिनाको राजस्व संकलन गत वर्षको सोही अवधिको तुलनामा कम छ।
यस वर्ष मङ्सिरमा सबैभन्दा कम ३ अर्ब २२ करोड राजस्व संकलन भएको छ। गत वर्षको पहिलो पाँच महिनामा कार्यालयले २१ अर्ब ४ करोड संकलन गरेको थियो।
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १७:०८
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

![जेनजी विद्रोह राजनीतिक कारण मात्र नभइ कर्मचारी प्रशासनको कमजोरी पनि हो : महासचिव प्रकाश राई [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/prakasha-rai-1761838689.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    -1761640064.jpg)