Harsamaya
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा खनाल
शुक्रबार काठमाडौंमा सम्पन्न सम्मेलनले अध्यक्षमा प्रेमल कुमार खनाल, उपाध्यक्षमा अर्जुन लम्साल र महासचिवमा केशव अधिकारीलाई निर्वाचित। 

काठमाडौँ - संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को प्रथम सम्मेलन सम्पन्न भएको छ । 

शुक्रबार काठमाडौंमा सम्पन्न सम्मेलनले अध्यक्षमा प्रेमल कुमार खनाल, उपाध्यक्षमा अर्जुन लम्साल र महासचिवमा केशव अधिकारीलाई निर्वाचित गरेको छ । 

सम्मेलनले सात वटा महासङ्घबाट चार चारजना रहने गरि २८ सदस्यीय मूल समितिसमेत निर्वाचित भएको छ । 

जेटियुसिसीको सम्मेलनलाई उद्घाटन गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले श्रमिक वर्गीय र उत्पीडित राष्ट्रियताहरुको पक्षमा आफूहरु निरन्तर सङ्घर्ष गरिरहेको र त्यसमा पूर्ण साथ र सहयोग रहने बताए ।

सम्मेलनको उद्घाटन सत्रलाई प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता राम कार्की, जेटियुसिसीका पूर्व अध्यक्ष तथा नेपाली कम्युनिस्ट पार्टीका नेता विश्वनाथ प्याकुरेल सात वटै घटक महासङ्घका अध्यक्षहरुलगायतले मन्तव्य राखेका थिए । 

साथै सम्मेलनको बन्दसत्रमा जेटियुसिसी स्थापनाको उद्देश्य, यसको आरोह अवरोह र आगामी कार्यदिशाबारे अर्जुन लम्साल र प्रेमल खनालले श्रमिकका लागि मर्यादित काम, जीवन र रोजगारीबारे प्रस्तुत कार्यपत्र पारित गरेको छ । 

सम्मेलनको अध्यक्षता गर्दै जेटियुसिसीका अध्यक्ष विष्णु प्रसाद लम्सालले नेपाली ट्रेड युनियन आन्दोलनलाई एकताबद्ध ढङ्गले अगाडि बढाउन सबैपक्ष गम्भीर हुन आवश्यक रहेको बताए ।  कार्यक्रमको सञ्चालन राष्ट्रिय ट्रेड युनियन महासङ्घका अध्यक्ष केशव अधिकारीले गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update