बुटवलमा ऐतिहासिक स्नुकर च्याम्पियनसिप सुरु: विजेतालाई ३ लाख पुरस्कार
                            
                            
                                                        
                                                    
                                                            बुटवल - नेपालकै सर्वाधिक पुरस्कार राशिको ‘प्रथम अल नेपाल बुटवल मेयर कप स्नुकर च्याम्पियनसिप’ सुरु भएको छ। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सोमबार प्रतियोगिताको उद्घाटन गरेका हुन्।
देशभरका १२८ खेलाडी सहभागी रहेको यो प्रतियोगिता फागुन २१ सम्म सञ्चालन हुनेछ। विजेताले ३ लाख ३ हजार, उपविजेताले १ लाख १ हजार तथा सर्वाधिक स्कोर ब्रेक गर्ने खेलाडीले ५५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। साथै, सेमिफाइनल खेलाडीलाई ३०/३० हजार, राइजिङ स्टार र अनुशासित खेलाडीलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिनेछ।
यो प्रतियोगिता नेपाली स्नुकर इतिहासकै सर्वाधिक पुरस्कार राशिको भएको आयोजकले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १२:५९
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
