Harsamaya
मुस्ताङ पुगेका चिनियाँ राजदूत चाङ माओमिङ कोरोला नाका हुँदै फर्किए
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ ।

काठमाडौं - कोरोला नाका हुँदै मुस्ताङ पुगेका नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ सोही नाका हुँदै फर्किएका छन् ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एक नारायण भण्डारीका अनुसार सडक अवस्थाको अवलोकन सकेर फर्किएका हुन् । 

‘नेपालसँग जोड्ने दुई वटा नाका बन्द भएपछि आयात निर्यातमा समस्या थियो । हाल कोरोला नाका धेरै प्रयोग हुन थालेपछि सडक वा भौतिक अवस्था हेर्न आउनुभएको रहेछ । उहाँ कोरोला नाका हुँदै फर्किसक्नु भएको छ,’ उनले भने । 

राजदूत चाङ शनिबार दिउँसो १२ बजेपछि मुस्ताङ आइपुगेका हुन् ।

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update