सप्तरीमा २० क्विन्टल गाँजाजस्तो पदार्थ बरामद
सप्तरी - सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फतेपुरबाट प्रहरीले करिब २० क्विन्टल गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको छ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले भोला सदा र मंगल मुखियाको घरमा खानतलासी गर्दा उक्त पदार्थ बरामद गरेको हो।
प्रहरीका अनुसार भोला सदाको घरबाट ५६ पोका र मंगल मुखियाको घरबाट ८ पोका गरी जम्मा ६४ पोका पदार्थ बरामद भएको छ। बरामद पदार्थको तौल करिब २ हजार किलोग्राम रहेको प्रहरीले जनाएको छ।
बरामद पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०८३ ०९:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

