Harsamaya
खैरो हेरोइनसहित नेपालगन्जबाट दुई जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

नेपालगन्ज - प्रहरीले बाँकेको नेपालगन्ज उपमहानगरपालिका–३ बाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज–३ बस्ने ३२ वर्षीय मोहम्मद हुसैन अन्सारी र २५ वर्षीय समीर अहमद अन्सारीलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट ३५ ग्राम ९०० मिलिग्राम खैरो हेरोइन, नगद ९३ हजार ७ सय रुपैयाँ, पाँच थान मोबाइल र एक थान डिजिटल तराजु बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँके बुझाइएको छ।

प्रकाशित मिति: शनिबार, असोज ३, २०८३  २०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update