काठमाडौं - आज देशभर साधारणतया बादल लाग्ने मौसम पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्नेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
राति कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ।
यस्तै, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बागमती प्रदेशका थोरै स्थानमा वर्षा हुन सक्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
राति कोशी प्रदेशको तराईका केही स्थान, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा वर्षा हुन सक्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।

