Harsamaya
संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
फुटबलर लियोनेल मेस्सी।

काठमाडौं - अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीलाई आगामी मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीमा समावेश गरिएको छ । उनलाई घरेलु मैदानमा समर्थकमाझ अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिने अवसर मिल्ने भएको छ ।

अर्जेन्टिनाको फुटबल संघ (एएफए) का अनुसार अर्जेन्टिनाले सेप्टेम्बर ३० मा बोलिभिया, अक्टोबर ३ मा बुर्किना फासो र अक्टोबर ६ मा बेनिनसँग मैत्रीपूर्ण खेल खेल्नेछ । यीमध्ये अक्टोबर ६ को खेलमा मेस्सी, रोड्रिगो डे पाउल र जियोभानी लो सेल्सो सहभागी हुनेछन् ।

सन् २००५ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका मेस्सी अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने र गोल गर्ने खेलाडी हुन् । उनले टोलीका लागि २०३ खेलमा २०३ गोल गरेका छन् ।

मेस्सीले अर्जेन्टिनालाई सन् २०२१ कोपा अमेरिका, २०२२ विश्वकप र २०२४ कोपा अमेरिका जिताउन नेतृत्व गरेका थिए । कतार विश्वकपको फाइनलमा उनले फ्रान्सविरुद्ध दुई गोल गरेका थिए ।

सन् २००६ देखि २०२६ सम्मका ६ विश्वकप खेलेका मेस्सीले विश्वकपमा ३४ खेलबाट २१ गोल गरेका छन् । २०२६ को विश्वकपमा उनले आठ गोल र चार असिस्ट गरेका थिए । ३९ वर्षीय मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट अलग भए पनि क्लब फुटबललाई निरन्तरता दिनेछन् । उनी अमेरिकी क्लब इन्टर मियामीबाट खेलिरहेका छन् । एएनआई

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update