Harsamaya
नवप्रवेशी युवाहरुको साथ र सहयोगले पार्टीलाई नयाँ उचाइमा पु¥याउने छ : अध्यक्ष घिसिङ 
पार्टी अध्यक्ष कुलमान घिसिङ । 

काठमाडौं - पार्टी अध्यक्ष कुलमान घिसिङले नवप्रवेशी युवा साथीहरूको साथ, सहयोग र योगदानले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने दाबी गरेका छन् । 

आइतबार बसेको पार्टीको सचिवालयको पूर्ण बैठकमा घिसिङले युवा साथीहरूको अनुभव र क्षमताका हिसाबले नयाँ तथा महत्त्वपूर्ण जिम्मेवारी दिने निर्णय गरिएको बताएका हुन् । आगामी दिनमा पनि देश निर्माणका लागि जागरूक अरू युवाहरूसँग पनि सहकार्य गर्न उज्यालो नेपाल पार्टी त्यार रहेको उनको भनाइ छ । 

देशमा व्याप्त हरेक क्षेत्रको अँध्यारो हटाएर उज्यालो ल्याउनका लागि अब आफूहरूले नेतृत्व लिने घिसिङको दाबी छ । 

‘देश विकासका लागि इच्छाशक्ति, अनुभव र विज्ञताको मिश्रण आवश्यक छ,’ घिसिङले भने, ‘त्यसका लागि उज्यालो नेपाल पार्टीको विकल्प छैन ।’

विद्युत् खपत बढाउनुको साटो बिजुलीमा भ्याट र कर लगाउने, विद्युतीय गाडीहरूमा कर बढाउने र ग्यासमा लाइन लगाउने उल्टो नीतिले देश विकास नहुने उनको भनाइ छ । 

उज्यालो नेपाल पार्टी कुनै वादमा भन्दा जनतालाई डेलिभरी दिने कुरालाई प्राथमिकतामा राखेको उनको दाबी छ । 

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update