Harsamaya
आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - आज देशभरको मौसम साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेको छ।

दिउँसो देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित मध्यमसम्म वर्षा तथा हिमपात हुने सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङ्सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित मध्यमसम्म वर्षा हुनसक्ने विभागले जनाएको छ।

दिउँसो कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभाग, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित मध्यमसम्म वर्षा तथा हिमपात हुनसक्नेछ।

तराईका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङ्सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। राति कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

प्रकाशित मिति: शनिबार, भदौ २७, २०८३  ०६:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update