Harsamaya
 देशभर बदली, धेरै ठाउँमा वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - आज आइतबार देशभरको मौसम सामान्यतया बदली रहनेछ। हिमाली र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ। मधेश प्रदेशका थोरै स्थानमा पनि वर्षा हुन सक्नेछ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णालीको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भू–भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै, मधेश र कोशी प्रदेशका तराई भू–भागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्नेछ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भाग तथा कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ। विशेषगरी नदी तथा खोलानाला आसपास र पहिरोको जोखिम भएका क्षेत्रमा थप सावधानी अपनाउनु उचित हुन्छ।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  ०६:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update