Harsamaya
त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको उद्धार
चिनियाँ नागरिक ।

काठमाडौं - भोटेकोशी बाढीबाट प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नेपाली सेना र दक्षिण कोरियाली विपद् विज्ञ टोलीले  टनेलभित्रबाट ती चिनियाँ नागरिकको सकुशल उद्धार गरेको हो । 

उद्धार गरिएका व्यक्तिलाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि नुवाकोटको त्रिशूलीस्थित मैथिल ब्यारेकतर्फ ल्याइँदैछ ।

भोटेकोशी बाढी गएको ११ औँ दिनमा टनेलभित्र फसेका चिनियाँ नागरिकको उद्धार गरिएको हो । 

प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  १६:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update