Harsamaya
त्रिशूली–३ ‘ए’को टनेभित्रबाट मानिसको आवाज आएको पुष्टि
त्रिशूली–३ ‘ए’ आयोजनास्थलमा उद्धार प्रयास ।

काठमाडौं - त्रिशूली–३ ‘ए’ आयोजनास्थलमा उद्धार कार्य अझै जारी रहेको छ। घटनास्थलभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको रास्वपा सांसद श्रीराम लामिछानेले जनाएका छन्।

उनका अनुसार उद्धार टोलीले भित्र रहेकालाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको छ।

उद्धार टोलीले भित्र रहेका व्यक्तिहरूलाई सुरक्षित बाहिर निकाल्न प्रयास जारी राखेको लामिछानेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  ०७:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update