Harsamaya
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य अङ्कले बढेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ६६ अङ्कले बढेर दुई हजार ५४२ दशमलव ७७ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३१ अङ्कले बढेर ४४९ दशमलव ५० मा पुगेको छ । 

त्यस्तै, फ्लोट सूचक शून्य दशमलव १५ अङ्कले बढेर १७४ दशमलव ३५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव १२ अङ्कले बढेर  १५१ दशमलव ७३ मा पुगेको छ ।
 
विभिन्न कम्पनीका एक करोड २१ लाख ६३ हजार ७६३ कित्ता सेयर रु तीन अर्ब ४६ करोड ५२ लाख एक हजार ४२ मूल्यमा खरिद बिक्री भएको छ । 

आज १३ उपसमूहमध्ये नौ उपसमूह बढ्यो भने चार उपसमूह घटेको छ । आज १४५ कम्पनीको सेयर बढ्यो भने १२३ कम्पनीको सेयर घट्यो । त्यसैगरी, १० कम्पनीको सेयर स्थिर रह्यो । 

नेप्सेका अनुसार विन नेपाल लघुवित्त वित्तीय संस्था, चिर्खवा हाइड्रोपावर कम्पनी, आशा लघुवित्त कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी, आज पियोर इनर्जी, आत्मनिर्भर लघुवित्त कम्पनी रक सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update