Harsamaya
माथिल्लो त्रिशूली–१ बाट ५५७ जना अझै सम्पर्कविहीन

काठमाडौं - भोटेकोशी नदीमा आएको बाढीका कारण २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ५५७ जना कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन छन्।

आयोजना प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका अनुसार सम्पर्कविहीनमध्ये करिब ११५ जना हेडवक्र्स तथा मुख्य सुरुङभित्र फसेको आशङ्का गरिएको छ। बाढीबाट आयोजनाको बाँधलगायत हेडवक्र्स, कार्यालय र आवास क्षेत्र पूर्णरूपमा बगेका छन्।

आयोजनामा कार्यरत १ हजार ४३३ जनामध्ये ८७६ जनाको उद्धार भइसकेको कम्पनीले जनाएको छ। विकट भौगोलिक अवस्था, सुरुङभित्रको जोखिम, पहिरो र प्रतिकूल मौसमका कारण खोज तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  १५:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update