Harsamaya
ग्लोबल आइएमई बैंकले घोषणा गर्यो १० प्रतिशत लाभांश
ग्लोबल आइएमई बैंक लिमिटेड । ग्राफिक्स: हर समय/Har Samaya

काठमाडौं - ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

बैंकको भदौ १७ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

घोषित लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) रहेको बैंकले जनाएको छ । 

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  ११:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update