Harsamaya
आजको मौसम : हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ।

दिउँसो हिमाली भू–भागका केही तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

हिमाली भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। तराईका थोरै स्थानमा समेत मध्यम वर्षा हुन सक्नेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  ०७:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update