२७ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नुवाकोट र रसुवामा उच्च सम्भावना
काठमाडौं - आज देशका विभिन्न २७ जिल्लाका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान गरिएको छ।
ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, गोरखा, लमजुङ, डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, कैलाली र कञ्चनपुर आसपासका साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाइएको छ।
यस्तै नुवाकोट र रसुवाका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको छ।
सम्भावित बाढीबाट नदी तथा खोला आसपासका बस्ती, सडक तथा अन्य पूर्वाधार प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरिएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३ १०:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

