काठमाडौं - आज देशभर साधारणतया बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेश र कोशीका तराईका थोरै स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ।
पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
राति पनि देशभर बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भू–भागमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ।

