काठमाडौं - देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान आसपास रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमालीभूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमालीभूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
कोशी र बागमती प्रदेशका पहाडीभूभागका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडीभूभागका केही स्थानमा वर्षाको सम्भावना छ । यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडीभूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
मधेश प्रदेश तथा कोशी प्रदेशका तराईभूभागका धेरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईभूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडीभूभाग, कोशी प्रदेशको तराईभूभाग तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
यस्तै, आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमालीभूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडीभूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
रातिको समयमा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईभूभागका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराईभूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडीभूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडीभूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराईभूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।


