काठमाडौं - भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्तामध्ये आज बिहान मात्रै नेपाली सेनाले हेलिकप्टरमार्फत १२३ जनाको जीवितै उद्धार गरेको छ।
नेपाली सेनाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट ९५ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये आठ जना विदेशी नागरिक रहेका छन्। विदेशी नागरिकलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको छ भने नेपाली नागरिकलाई धुन्चे ल्याउने तयारी गरिएको छ।
त्यस्तै, हाकुस्थित जलविद्युत् आयोजनाको टनेलमा फसेका सात जनाको समेत जीवितै उद्धार गरिएको छ। अन्य तीनवटा टनेलमा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।
टिमुरे क्षेत्रमा हराइरहेका २१ जना भारतीय पर्यटकको समेत जीवितै उद्धार गरी काठमाडौँ ल्याउने क्रम जारी रहेको नेपाली सेनाले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३ १०:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय


