भोटेकोसी र त्रिशूली आसपासको जोखिम कायमै, सुरक्षित स्थानमा रहन आग्रह
काठमाडौं - चीनतर्फबाट प्राप्त पछिल्लो सूचनाअनुसार नदी थुनिएको स्थानमा अझै ताल पूर्ण रूपमा नखुलेपछि भोटेकोसी र त्रिशूली नदी आसपासको जोखिम कायमै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले बुधबार दिउँसो १ः३० बजे अत्यन्त जरुरी सूचना जारी गर्दै अर्को सूचना नआएसम्म भोटेकोसी र त्रिशूली नदी आसपासका बासिन्दालाई नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
नदीमा पानीको बहाव बढ्न सक्ने जोखिम रहेकाले नदी किनार तथा तटीय क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन विभागले अनुरोध गरेको छ।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३ १४:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

