रसुवामा बाढी : १२ जनाको हेलिकोप्टरमार्फत उद्धार, १२ हेलिकोप्टर परिचालन
रसुवा - भदौ १० गते आएको बाढीका कारण प्रभावित रसुवाका विभिन्न स्थानबाट हालसम्म १२ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
नेपाली सेनाका अनुसार स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जनाको उद्धार गरिएको हो।
उद्धार कार्यका लागि प्रभावित क्षेत्रमा नेपाली सेनाका ४ र निजी कम्पनीका ८ गरी १२ वटा हेलिकोप्टर परिचालन भइरहेका छन्।
यसैबीच, नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३ १२:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

