काठमाडौं - आज २०८३ भदौ १० गते (बुधबार) देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो कोशी, बागमती र गण्डकीका हिमाली तथा अधिकांश पहाडी भूभागमा, साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। तराईका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
कोशी र बागमतीका हिमाली तथा पहाडी भूभाग तथा गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा धेरै स्थानमा वर्षा हुने सम्भावना छ। कोशीका हिमाली तथा पहाडी र बागमती, गण्डकी तथा लुम्बिनीका केही भूभागमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना भएका क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

