Harsamaya
चार प्रदेशमा भारी वर्षाको सम्भावना
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - आज २०८३ भदौ ९ गते मंगलबार देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ।

दिउँसो हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका केही स्थान तथा मधेश र कोशीका तराई भूभागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना छ।

राति पनि देशभर बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ।

यस्तै, कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  ०६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update