Harsamaya
 माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

रुकुम पश्चिम - रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ एकान्तमा माइक्रोबसको ठक्करबाट आमा र छोरीको मृत्यु भएको छ।

शौचालय जानका लागि गाडीबाट ओर्लिएकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी शान्दिका ज्ञवालीलाई विपरीत दिशाबाट आएको भे १ ज १४८२ नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका आमा–छोरीलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो। उपचारका क्रममा दुवै जनाको बिहान करिब ९ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update