ट्राफिक प्रहरीले गर्यो ६४१ जनालाई कारबाही
काठमाडौं - ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६४१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८०, सिसिटिभिमार्फत ७७, रातोबत्तीमा २८ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा १४२, हर्न निषेधमा १८, लेन क्रसमा २, अवस्था ठिक नभएको २५, एकतर्फीमा ४ र अन्यमा २६५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३ ०७:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

