काठमाडौं - आज देशभरको मौसम सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिउँसो हिमाली र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ। हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ।
तराईका विभिन्न भूभागमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा हुनसक्नेछ।
कोशी प्रदेशको तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका एक–दुई स्थानमा समेत मेघगर्जनसहित वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ।

