हेटौंडा - बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका प्रदेश सांसद किरण थापा मगर नियुक्त भएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थनसहित बहुमत सदस्य पुराएलगतै थापा प्रदेश मुख्यमन्त्रीमा नियुक्त भएका हुन ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनमा दाबी गरेका एमाले सांसद थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
थापाले ६३ सांसदको समर्थनमा सरकार गठनका लागि दाबी गरे पनि सत्ता सहयोगी दल राप्रपा भित्र आन्तरिक बिबाद चलिरहेको बेला उनको नियुक्ती भएको हो । थापालाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदको समर्थन रहेको छ ।
उता, थापा नियुक्ति भइरहदाँ यता केन्द्रमा भने राप्रपा कार्यसम्पादन समिति बैठकले पार्टी निर्णयविपरीत कदम चालेको भन्दै संसदीय दलका नेता उद्धव थापालाई संसदबाट पदमुक्त गर्ने र पार्टीको साधारण सदस्यताबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।

