Harsamaya
यात्रुबाहक ईभीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते
सांकेतिक तस्वीर: हर समय/Har Samaya

दाङ - राप्ती गाउँपालिका–१ माथिल्लो भालुवाङस्थित पेट्रोल पम्प नजिक यात्रुबाहक ईभी गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

भालुवाङबाट प्युठानतर्फ जाँदै गरेको प्युठान स्वर्गद्वारी नगरपालिका–२ का २२ वर्षीय लक्ष्मण पुनले चलाएको लु.प्र.०२–००१ ज ०१०८ नम्बरको ईभीले लापेबाट भालुवाङतर्फ आउँदै गरेको अर्घाखाँची सितगंगा नगरपालिका–८ का २० वर्षीय अभिषेक कुमालले चलाएको रा.४ प ५८३६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा स्कुटरको पछाडि सवार सितगंगा–८ की ३२ वर्षीया सम्झना केसी घाइते भएकी थिइन्। उनलाई उपचारका लागि भालुवाङ अस्पताल लगिएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा स्कुटर चालक अभिषेक कुमाल घाइते भएका छन्। दुर्घटनामा संलग्न ईभी, स्कुटर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update