Harsamaya
ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई घाइते
सांकेतिक तस्वीर: हर समय/Har Samaya

दाङ - घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बुधबार राति ८ बजे सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको लोड ट्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह १९२९ नम्बरको अटो ठोक्किएका थिए।

दुर्घटनामा घाइते भएका अटो चालक घोराही–५ बसन्तपुरका ४५ वर्षीय विनोद पौडेलको उपचारका क्रममा बिहीबार बिहान २:४५ बजे मेडिकल कलेज कोहलपुर, बाँकेमा मृत्यु भएको हो।

अटोमा सवार अन्य दुई जना घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले ट्याक्टर र चालक घोराही–१७ भैसाहीका २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update