बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा
मकवानपुर - बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्।
बागमती प्रदेशसभाको आजको बैठकको सुरुमै मुख्यमन्त्री बानियाँले पछिल्लो राजनीतिक समीकरणअनुसार नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न राजीनामा दिएको जानकारी दिएका हुन्।
उनले केही बेरमा प्रदेश प्रमुखसमक्ष राजीनामाको पत्र बुझाउने जानकारी दिए।
मुख्यमन्त्री बानियाँले आफ्नो कार्यकालमा प्रदेशको चालु खर्च घटाउन मन्त्रालयको सङ्ख्या आठमा सीमित गरिएको, विपन्न परिवारका लागि आवास तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण गरिएको र यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाइएकोलगायतका काम भएको उल्लेख गरे।
प्रकाशित मिति: सोमबार, भदौ १, २०८३ १६:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

