बाघको आक्रमणबाट चितवनमा एक जना घाइते
चितवन - राप्ती नगरपालिका–१ डिपाट बस्तीमा बाघको आक्रमणबाट ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका छन्।
आइतबार बिहान बस्तीमा आएको बाघले आक्रमण गर्दा अधिकारीको तिघ्रामा सामान्य चोट लागेको हो। उनको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ।
बाघले स्थानीय दिलाकुमारी तामाङको गोठमा बाँधिएको जर्सी गाईलाई समेत आक्रमण गरी घाइते बनाएको थियो।
चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहित खटिएको टोलीले खोजी गर्ने क्रममा बिहान ११ः२७ बजे बाघलाई नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३ १२:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

