Harsamaya
 टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

झापा - झापा गाउँपालिका–४ वडा कार्यालयअगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ।

बाटो पार गर्दै गरेका झापा गाउँपालिका–३ निवासी करिब ६५ वर्षीय इशनलाल गणेशलाई बालुवा बोकेको ना.५ ख ६४९० नम्बरको टिपरले शनिबार साँझ करिब ५ः२० बजे ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते गणेशलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि आक्रोशित स्थानीयले टिपरमा ढुंगा प्रहार गरी तोडफोड गरेका छन्। टिपर चालक झापा गाउँपालिका–३ कामटोलीका करिब ३६ वर्षीय फागुलाल राजवंशीलाई इलाका प्रहरी कार्यालय कुमरखोदले नियन्त्रणमा लिएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update