Harsamaya
हिमाली र पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा । 

काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम मा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको छ ।

हाल देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मध्यमसम्मको पानी परिरहेको छ। गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोः देशभर साधारणतया बादल लाग्नेछ । 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका धेरै स्थान, कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा, मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

 यसैगरी राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।  

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा र मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update