Harsamaya
कांग्रेस विभाजनको पक्षमा छैन : डा. शशांक कोइराला
नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला ।

काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पारेका छन्।

शनिबार आयोजित संस्थापनइतर राष्ट्रिय भेलामा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले भेला नयाँ पार्टी खोल्नका लागि नभएको बताए। समयअनुसार पार्टी र विचारलाई परिमार्जन गर्दै लैजान यस्ता भेला आवश्यक रहेको उनको भनाइ थियो।

उनले आफू नयाँ पार्टी खोल्ने पक्षमा नरहेको र अदालतको निर्णय विपक्षमा आए पनि सबै मिलेर छलफल गरी आगामी नीति तय गर्ने बताए। कांग्रेसको आगामी महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा हुने दाबी गर्दै कोइरालाले परिस्थिति सोचेअनुसार अघि नबढे थप छलफल गरेर आवश्यक निर्णय लिइने बताए।

बहुमत प्राप्त वर्तमान सरकारले समेत कुनै ठोस, नयाँ वा उल्लेखनीय काम गर्न नसकेको टिप्पणी गर्दै कोइरालाले सरकारलाई सामान्य ‘कामचलाउ सरकार’को संज्ञा दिए।

उनले वर्तमान सरकार पाँच वर्ष टिक्ने वा बीचमै मध्यावधि निर्वाचनमा जाने सम्भावनालाई समेत राजनीतिमा नकार्न नसकिने धारणा राखे।

प्रकाशित मिति: शनिबार, साउन ३०, २०८३  १७:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update