Harsamaya
रोल्पामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु
रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन जनाको शव फेला ।

रोल्पा - रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ।

शुक्रबार बिहान ८ः१० बजे स्थानीय वीरु घर्ती मगरको घर पहिरोले पुरिँदा उनीसहित तीन जना बेपत्ता भएका थिए। खोजी गर्ने क्रममा बिहान ११ः३० बजे तीनै जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा सुनछहरी गाउँपालिका–२ का ७७ वर्षीय वीरु घर्ती मगर, ६८ वर्षीया सनी घर्ती मगर र ७० वर्षीया लली घर्ती मगर रहेका छन्।

पहिरोका कारण घर पूर्ण रूपमा पुरिएको थियो। घटनापछि सुरक्षाकर्मी तथा स्थानीयवासीले खोजी तथा उद्धार अभियान सञ्चालन गरेका थिए।

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  १६:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update