Harsamaya
रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता
रोल्पामा पहिरो ।

रोल्पा - रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन्।

स्थानीय वीरबहादुर घर्ती मगरको घर साउन २९ गते बिहान करिब ८ः१० बजे पहिरोले पुरिएको हो। पहिरोमा परेको घरमा वीरबहादुर घर्ती मगर, उनकी श्रीमती शनि घर्ती मगर र छिमेकी ललि घर्ती मगर राति बसेका थिए। पहिरोले घर पुरिएपछि तीनै जना बेपत्ता भएका छन्।

यस्तै, सुनछहरी गाउँपालिका–२ गिट्ठेस्थित लादे बुढा मगरको घरसमेत पहिरोले पुरिएको छ।

घटनाको थप विवरण तथा बेपत्ताको खोजी तथा उद्धारसम्बन्धी जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update