Harsamaya
यी प्रदेशमा पानी पर्ने 
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - आज देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा कोशी र बागमतीका हिमाली–पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका धेरै स्थान तथा मधेशसहित अन्य प्रदेशका केही स्थानमा पनि वर्षा हुने सम्भावना छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न भूभागमा तथा बागमतीको पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना छ।

राति: देशभर बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। तराईका थोरै स्थानमा मध्यम वर्षा हुनसक्नेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेकाले नदी आसपास, पहिरोको जोखिम भएका क्षेत्र र कमजोर सडकमा सतर्कता अपनाउन मौसमविद्को आग्रह छ।

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  ०६:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update